प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, सङ्खुवासभाका ११, ताप्लेजुुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन÷तीन तथा तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २० हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९१ जना रहेको छ । अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण
रासससंवाददातासोमबार, ७ मङ्सिर २०७७

प्रदेश नं १ मा थप २२८ जनामा कोरोना सङ्क्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



