महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।

प्रहरीको गोली लागेर बर्दिबास १ का सञ्जय न्यौपाने घाइते भएका छन् भने उनलाई उपचारका लागि स्थानीय पिनाकल अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीको हस्तक्षेपपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचारु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।