प्रहरीले बल प्रयोग गरेर महोत्तरीको बर्दिबास स्थित राजमार्ग खुलाएको छ । उसले साँझ राजमार्गमा प्रदर्शनकारीहरुको संख्या कम भएको अबस्थामा राजमार्ग खुलाएको हो । ६ बर्षीया बालिका हत्याको विरोध र विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते युवकको मृत्युपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

बालिका हत्यापछि उत्पन्न परिस्थितिका कारण आज बिहानैदेखि निषेधाज्ञा जारी भए पनि बर्दिबासमा स्थानीयले प्रदर्शन गरिरहेका थिए । प्रदर्शन रोक्न प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बालिकाको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको महोत्तरीको बर्दिबासमा आज सर्वदलीय बैठक बसी चार बुँदे निर्णय पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कडा कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्नेलगायतका ४ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

त्यस्तै सर्वदलीय बैठकले झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न माग गर्ने, उनको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार खर्च र राहतका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

यही मंसिर ७ गते देखि वेपत्ता भएकी ६ बर्षीया बालिका गुलाब साह खातुनको हत्या गरेर फलिएको अवस्थामा शव फेला परेको थियो । बस्तीबाटै हराएकी सहिद आलमकी छोरी गुलाबको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घरभई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah