लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समीतिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । एलआइसी नेपालले अघिल्लो आर्थिक वर्ष (२०७४–७५) लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सञ्चालक समीतिले प्रस्ताव गरेको लाभांश नियामक बिमा समीति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् ।