११ मंसिर, काठमाडौं । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ ।

१२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।