काठमाण्डाै - भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टि‌ँ‌दा चालकको ज्यान गएको छ ।

गएराति सवा १० बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।