राष्ट्रव्यापी रुपमा सक्रिय रहेका राजावादी संस्था, समूह र पार्टीहरुको संयुक्त आयोजनामा झापा पनि कार्यक्रमको तय भएको छ । झापाका विभिन्न राष्ट्रवादी संगठनहरुले अगामी २० गतेका लागी मोटरसाइकल र्यालीको घोषणा गरेका छन् । यसअघि अन्य राष्ट्रवादी समुहहरुले १८ गते र राप्रपाले २० गते गर्ने घोषणा गरेका थिए । तर आज बसेको संयुक्त बैठकले २० गते संयुक्त रुपमा गर्ने सहमति भएको शाहि शक्ति नेपालका पूर्वाञ्चल प्रमुख लिप्सन बास्तोलाले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा रास्ट्रबादी समाज नेपालका सल्लाहकार गिरिराजमणि पौडेल, वीर गोर्खाली, शाही शक्ति नेपाल, राष्ट्रवादी समाज नेपाल लगायत संगठनका पदाधिकारीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
रर्याली काकरभिट्टा बाट शुरु हुने र बिर्तामोड हुँदै दमक सम्मको तय गरिएको छ । र्यालीमा १५ हजार बढी मोटरसाइकल प्रयोग हुने अपेक्षा गरिएको वीर गोर्खाली झापा जिल्ला संयोजक उमेश लामाको भनाइ छ । र्यालीलाई व्यवस्थापन गर्नको लागि राप्रपा नेता ध्रुब उप्रेतीको संयोजकत्वमा एक हजार एक सदस्यीय र्याली व्यवस्थापन समिति समेत गठन गरिएको छ । र्याली व्यवस्थापन समितिको सह संयोजकमा युवक संगठनका झापा जिल्ला अध्यक्ष राजकुमार राई, वीर गोर्खाली झापा जिल्ला संयोजक उमेश लामा, शाही शक्ति नेपालका पुर्वान्चल प्रमुख लिप्सन बास्तोला रहेका छन् । त्यस्तै सदस्यहरुमा राप्रपा झापा क्षेत्र नं. ५ युवक संगठन अध्यक्ष सान नेपाल ,त्यस्तै राष्ट्रवादीहरु रन्जन देवकोटा, जितेन्द्र कार्की, नवराज ढकाल, मेनुका श्रेष्ठ, लगायत रहेको जनाइएको छ ।
र्यालीलाई पुर्ण व्यवस्थापन गर्नको लागि आयोजक समितिले झापाका हरेक स्थानीय तहमा उपसमितिहरु समेत गठन गरिएको तथा सबै राष्ट्रबादी संस्था, संगठन, लगायत राष्ट्रवादी सोच बोकेका सबै नेपाली नागरिकलाई र्यालीमा सहभागी हुनका लागि आव्हान गरिएको छ ।
प्रधानमन्त्रीकै गृह जिल्ला तथा नगरमा राष्ट्रवादीहरुको विशाल प्रदर्शन हुने शाही शक्ति नेपालका पुर्वान्चल प्रमुख तथा रर्याली आयोजक समितिका सहसंयोजक लिप्सन बास्तोलाले दाबी गर्नुभयो । पछिल्लो क्रममा देशभर नै राजावादीहरुले बाईक रर्यालीमा हजारौलाई सडकमा उतार्दै आएका छन् । राजधानी काठमाडौंमा समेत राजावादीहरुको ठूलो उपस्थितिमा कार्यक्रम हुन थालेपछि भीडमा कोरोना फैलन सक्ने भन्दै जिल्ला प्रशासन काठमाण्डौले समुहमा उपस्थित भएर प्रदर्शन गर्न रोक लगाएको छ । यसलार्ई कतिपयले राजावादीहरुको उपस्थितिले सरकार तर्सीएर यस्तो निणर्य गर्न लगाइएको प्रतिक्रिया दिएका छन् ।










