प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीपक्षीय नेता सुवासचन्द्र नेम्वाङले ओली आजको बैठकमा सहभागी हुने बताए ।

यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सो बैठकमा सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाइएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै कार्यकारी अधयक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पछि खुमलटारमा बसेको छ । बुधबार बिहान बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ । सचिवालय बैठक केहीबेरमा प्रधनमन्त्र िनिवास बालुवाटारमा बस्नेछ भने बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुनेछ ।