कैलालीको भजनी नगरपालिका–३ बाट प्रहरीले खैरो होरोइनसहित आकाश चौधरीलाई पक्रेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु.६३ प ५० नम्बरको स्कुटरमा सवार आकाशको साथबाट ३ ग्राम ५३ मिलीग्राम लागु औषध खैरो हेरोइन बरामद गरेको हो ।
लम्किचुहा नगरपालिका–१ घर भएका उनिबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।










