झापा – नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले मेचीनगरको उपप्रमुख मीना उप्रेती सवार गाडिलाई नेविसंघका कार्यकर्ताले रोकेको स्वीकार गरेका छन् । उनले नेपाल विधार्थी संघमा आवद्ध विधार्थीले रोकेको भए पनि आगजनी गर्न खोजिएको कुरा झुटो भएको बताए ।

नेविसंघका सभापति उप्रेतीले आज देशभर सरकारी गाडि चलाउन रोक लगाएको बताएका छन् । हाम्रो कार्यक्रमलाई उहाँले उल्लंघन गर्नुभएकाले रोकेका मात्र हौं, अन्यथा केहि होइन । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको गरिएको दुव्र्यवहार विरुद्ध नेविसंघले देशव्यापी विरोध जनाएको थियो । सोहि कार्यक्रम अन्तर्गत सरकारी गाडि चलाउन रोक लगाएको उप्रेतीको भनाई छ ।