ठुलो मात्रमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ बस्ने २५ वर्षीय आशिष् थापा र बुद्धशान्ति गाउँपालिका–२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अनारमनि र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित बिहानी टोलबाट प्र–१–०१–०१३ प २७०१ नम्बरको मोटरसाइकलमा सवार थापालाई ९.५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै अर्जुनधारा– ९ स्थित प्रणामी मन्दिर नजिकबाट मे ५ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार खनालको साथबाट ३९ ग्राम ब्राउन सगुर बरामद गरिएको डिएसपी थापाले बताए । दुवै जनाबाट ४८.५ ग्राम ब्राउन बरामद भएपछि दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ । पछिल्लो समयमा झापामा लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय भएसँगै प्रहरीले यसतर्फ सक्रियता बढाएको हो ।