पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ‘कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘त्यसपछि कानुन कारबाहीको प्रक्रिया अघि बढ्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्मचारी राजवंशीले कुटपिट गरेको भन्दै पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा बिहीबार प्रहरीले मुद्दा दर्ता गरेका थिए। मुद्दा दर्ता भएसँगै जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी राजवंशीको नाममा पक्राउ पुर्जी जारी गरेका थिए।