दमक,१९ मंसिर । भोलिहुने राष्ट्रिय प्रजातन्त्र पार्टीको वृहत मोटरसाईकल रयालीको तयारी तीव्र पारिएको जनाएको छ । झापामा हुने वृहत् कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाको तयारी छ । स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भइरहेको र्यालीप्रति ऐक्यवद्धता जनाउँदै राप्रपा झापाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने तयारी गरेको हो ।देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्दैछ । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राप्रपा झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको हो ।

रयालीमा राप्रपासहित विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी ) र शिवसेना नेपाल लगायतका दलहरु ,धार्मिक संस्थाहरु समेत छन् । झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको लिङ्देनले बताए । सांसद लिङदेनले ¥यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ झापाको कार्यक्रम शनिबार झापामा हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् ।हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्कने र काँकडभिट्टा जानेछ । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत र्याली प्रारम्भ हुनेछ ।

साढे एक बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिका संयोजक रञ्जित प्रसाईंले बताए । कार्यक्रममा सहभागी हुनेले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।र्यालीको पूर्व सन्ध्यामा आज विहान राप्रपा निकट मिडिया नेपालले जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शनमा उत्साहजनक सहभागिता रहने जनाएको छ ।

कोरोना संक्रमण र यसबाट सिर्जित परिस्थितिका बीच सरकार आन्तरिक विवादमा फसेको जनाउँदै राप्रपा नेताहरुले जनताका पक्षमा आफ्नो प्रदर्शन केन्द्रीत गर्ने जनाएका छन् ।

राप्रपा झापाका अध्यक्ष अमरबहादुर विष्टले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् र्यालीका संयोजक ध्रुव उप्रेतीले १० हजार मोटरसाइकल र तीनसय वटा भन्दाबढी साना गाडीमा मानिस सहभागी हुने निश्चित भएको बताए ।