बिर्तामोड,१९ मंसिर । मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी हुदाँ लाखौको क्षति भएको छ ।आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हुदाँ उद्योगमा रहेको फन्टि फेन नामक काठका सामग्री र सिलिङ चेम्बरमा मेशिनलगायत जल्दा करिव ५० लाखको क्षति भएको सञ्चालक राजकुमार अग्रवालले जानकारी दिए ।

फ्याक्ट्रीमा लागेको आगो बिर्तामोड , भद्रपुर र दमकको दमकल , जनपद , सशस्त्र प्रहरी र स्थानीयले करिव ३ घण्टापछि नियन्त्रणमा आएको उद्योगका सञ्चालक अग्रवालले बताए । आगलागी भए लगत्तै ईलाका प्रहरी कार्यालय बिर्तामोड, नेपाली सेना र सशस्त्र प्रहरीलेआगलागी नियन्त्रणमा लिएका छन् ।