काठमाडौं । गायक तथा संगीतकार चिरञ्जीबी भण्डारीले विवाह गरेका छन् । धादिङ निवासी प्रमिला श्रेष्ठसँग उनले आइतबार लगनगाँठो सकेका हुन् ।

काठमाडौँको स्युचटारमा उनको र प्रमिलाको विवाह समारोह आयोजन भएको थियो । प्रमिलासँगको केही बर्षको प्रेमलाई उनले परिवारी सहमतीमा विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा दुबै तर्फका सिमित व्यक्तिको मात्र उपस्थिती रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले विवाह भोज भने आज साँझ दिन लागेका छन् । भोजमा अभिनय क्षेत्र र गायनक्षेत्रका केही कलाकर्मीको उपस्थिती रहेको छ ।

चलचित्र, एल्बम र फुटकर गरेर थुप्रै गीतमा संगीत दिएका भण्डारी राम्रो गायक पनि हुन् । उनले आफ्नै शब्द, संगीत तथा स्वरमा समेत केही सफल गीत दिएका छन् ।