काठमाडौँ । छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः

–पिसाबथैली परिपक्व भइसकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

–शरीरमा बढी पिसाब उत्पादन हुन्छ ।

–पिसाब नलीमा संक्रमण छ ।

–बच्चालाई कब्जियत छ ।

–बच्चाको शरीरमा हर्मोनको असन्तुलन छ ।

–बच्चा एकदमै गहिरो निदाउँछ, जसकारण पिसाब गरेको पत्तै पाउँदैन ।

–बच्चाको पिसाबथैली सानो छ ।

कसरी रोक्ने ?

दालचिनी

ओछ्यान भिजाउने बच्चाहरूका निम्ति दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने अथवा दालचिनी पाउडर छर्किएर खाजा ख्वाउने गरेमा ओछ्यानमा पिसाब फेर्ने क्रम रोकिन्छ ।

अमला

दुईवटा अमला राम्रोसँग पिस्ने र यसमा एक चमच मह र एक चिम्टी बेसार मिसाइ पेस्ट बनाउने । यसरी तयार पारेको पेस्ट बच्चालाई हरेक बिहान एक चम्चा खान दिने । यसो गर्नाले ओछ्यानमा पिसाब फेर्न रोकिन्छ ।

ओखर र किसमिस

बच्चालाई सुताउनुअघि दुईवटा ओखर र पाँचवटा किसमिस ख्वाउने गरेमा केही सातामै बच्चाले ओछ्यान भिजाउन छोड्छ ।