काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठकको आव्हान गरेका छन्।

बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठकमा समसमायिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

सर्वदलीय बैठक पछिल्लो समयमा राजतन्त्रको मागसहित सडकमा भइरहेको प्रदर्शन, कोरोना महामारीविरुद्धको लडाइँलगायतको विषयमा छलफल हुने बताइएको छ।