मोरङ्गको मिक्लाजुङ गाउपालिका वडा नं १ मा अज्ञात समुहले एक व्यक्तिको गोलि हानी हत्या गरेको छ । उनी स्थानीय श्री सरस्वती आधारभुत विधालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठ भएको गाउँपालिकाको उपप्रमुख सरला राईले जानकारी दिनुभयो । उहाँका अनुसार आज विहान करिब ५ बजे घरबाटै लगेर उनको हत्या गरिएको हो ।
उनको शव घरबाट टाढा भेटिएको भन्ने खबर पाएको उपप्रमुख राईले बताउनु भयो । घटनास्थल विकट भएकाले त्यहा पुग्न दई तीन घण्टा लाग्ने उहाँले बताउनुभयो ।










