काठमाडौं । तीन घण्टा बसेर सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० देखि बसेको बैठक सकिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुलाई कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आग्रह गर्नुभएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले सरकारको कामको आलोचना गरेका छन् । प्रधानमन्त्रीले सच्चिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।

कोरोनामा नियन्त्रणमा सरकार असफल भएको कुरा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोराले बताउनुभयो । उहाँले कोरोनाको खोप नागरिकलाई निशुल्क दिनुपर्ने कुरा समेत बैठकमा उठेको जानकारी दिनुभयो । कांग्रेसले सरकारका कारण नै राजावादी सडकमा उत्रिएको आरोप लगाएको बताइएको छ ।