काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित जंगलमा विप्लव समूहले हत्या गरेका शिक्षको शव विराटनगर ल्याईँदैछ । सरस्वती आधारभुत विद्यालयका प्रधान अध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि विराटनगर ल्याउन लागिएको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई जानकारी दिए ।
मंगलबार विहान ७ बजेतिर ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले घरबाट अपहरण गरेर राजेन्द्रको हत्या गरेका थिए । घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको छ ।
एसपी खड्का र ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टरको टोली घट्नास्थलमा पुगेर फर्केको छ । स्थानीयले शुरुमा गोली चलेको आवाज सुनेको बताएका थिए । तर, घट्नास्थलमा गोली चलेको पुष्टि भएन् ।
उनको हत्याको कारण खुल्न नसकेको बताउँछन् एसपी खड्का । ‘हत्याको कारण खुलेको छैन्’ रातोपाटीसँग कुरा गर्दै खड्काले भने,‘राजनितीक अथवा आपराधीक कारण हुनसक्छ हामी कारण खोज्दै छौं ।’
शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको प्रहरी स्रोतको दावी छ । सो क्षेत्रमा सवैलाई भलो गर्ने प्रअ राजेन्द्र मिलनसार समाजसेवी थिए ।










