काठमाडौं । पछिल्लो समय नेपाली कलाक्षेत्रमा नाम र दाम दुबै छ । त्यसैले पनि यो क्षेत्रमा भविष्य खोज्दै होमिने नवप्रवेशी युवायुवती थुप्रै छन् । तीमध्यकी एक हुन्, मञ्जरी पुरी । पुरी अहिले कलाक्षेत्रमा जम्न संघर्षरत छिन् ।
दुई बर्ष अगाडि अर्थात २०७५ मा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन एन्जल २०७५’मा मिस क्रियटिभ अवार्ड हात पारेपछि आफूलाई कलाक्षेत्रमा समर्पित गरेकी पुरीले अहिलेसम्म गायिका प्रविशा अधिकारीको ‘गुधौली’, स्वरुपराज आचार्यको ‘परेवाको जोडी जस्तै’लगायत करिव आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।
केही स्टेज शो र र्याम्प शोको समेत अनुभव संगालेकी पुरीसँग सौन्दर्य प्रतियोगिता ‘मिस एरहोस्टेज’को अनुभव पनि रहेको छ ।
सानैदेखिको रुचि र रहरको विषय अभिनय र मोडलिङ भएकाले कलाक्षेत्र रोजेको बताउने पुरी केही टेलिश्रृंखलामा पनि देखिने तरखरमा छिन् । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौँको कोटेश्वर बसी आफ्नो कलाकारिता अगाडि बढाइरहेकी उनी सफल अभिनेत्री र मोडल बन्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् ।
सानैदेखि नृत्यमा माहिर उनी फेसनको मामलमा पनि फरवार्ड छिन् । वान पिस, फ्रक, स्कटलगायत पहिरनमा आफ्नो सुन्दरता बढी खुल्ने बताउने उनी यी पहिरनमा आफू हट एण्ड सेक्सी समेत देखिन्छिन् रे !










