सरकारले सहसचिव मणिराम गेलालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यस्तै सहसचिव दिनेशकुमार घिमिरेलाई चीनको छेन्दुस्थित महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको छ । आजै बसेको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।