पथरी : मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
पूर्व बाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्रीपर र प्र १-००१ ख ८१११ नम्बरको बस जुधेका हुन ।
घाइते हुने बसमा सबार जन्ती रहेका छन् । स्कुटर चालक समेत घाइते भएका छन् । बसको अगाडि बसेका अधिकांश जन्ती घाइते भएका छन् । घाइतेको टाउको र खुट्टामा चोट देखिएको छ । उनिहरुको बेलबारीका स्थानीय नर्सिङ होममा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुलेको छैन । कपुरि न्युज बाट साभार










