राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आफ्नो स्वास्थ्यबारे चिन्ता व्यक्त गरिरहेका सबैलाई नआत्तिन भनेका छन्।
अस्पतालबाट उनले चाँडै निको भएर फर्कने सन्देश दिएको राप्रपाका झापा अध्यक्ष अम्बर बिष्टले जानकारी दिए। ‘उहाँले कोही पनि नआत्तिन भन्नु भएको छ। अहिले अवस्था सामान्य छ।’ लिङदेनलाई बिहीबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत ललितपुरको मेडिसिटी अस्पताल लगिएको छ। बिहीबार साँझ नै उनी अस्पताल भर्ना भएका हुन्।
दुईवटै फोक्सोमा निमोनिया देखिएपछि उनलाई झापाबाट मेडिसिटी लगिएको हो।
केही दिन अघि उनको कोरोना परीक्षण पनि गरिएको थियो। त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो। विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेन घरमै आराम गरिरहेका थिए।










