काठमाण्डौ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कुनै सहमतिमा हस्ताक्षर नगरिकनै सकिएको छ । बिहीबार देखि सुरु भएको भर्चुअल बैठक शुक्रबार सकिएको र कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बैठकमा प्रसारण लाइन र विद्युत् व्यापारका केही विषयमा सहमति नजिकै पुगिएको तर हस्ताक्षर नै गर्ने गरी माइन्युट तयार पार्न नसकिएको मन्त्रालयले जनाएको छ । यो बैठकमा सहमति नजिक पुगेका विषयमा केही दिनभित्रै हस्ताक्षर गर्ने मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको बिजुली किन्न भारतसँग मुख्य सम्झौता भए पनि भारतले कार्यविधि पारित नगर्दा बर्खामा नेपालको बिजुली खेर गएको कुरालाई यो बैठकमा महत्त्वका साथ उठाइएको र भारत सकारात्मक रहेको पनि सचिव घिमिरेले बताउनुभयो ।

यस्तै ढल्केबर–मुजप्फरपुर चार सय केभी प्रसारण लाइनबाट नौ सय मेगावाटसम्म बिजुली आयात–निर्यात गर्नेे, न्यु बुटवल–गोरखपुर प्रसारण लाइनको लागि दुई देशले संयुक्त कम्पनी बनाउने लगायतका विषय पनि लगभग टुङ्गोमा पुगेको उहाँको भनाइ छ ।