तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ मा ३ जना वालिकाहरूको प्लाष्टीक पोखरीमा डुबेर मृत्यु भएको छ । प्रगती कृषि समूहको प्लाष्टिक पोखरीमा उनीहरु शनिवार दिउसो पौडी खेल्ने क्रममा डुबेको जिल्ल् प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय कोपिला लिम्बुकी ६ बर्षीय छोरी रञ्जना र ७ बर्षीया छोरी रोजना रहेका छन् भने स्थानीय देवेन्द्र लिम्बुको ८ वर्षिया छोरी सोहना लिम्बूकोपनि मृत्यु भएको हो । पारिबारिक श्रोतका अनुसार हिजो दिउसो उनीहरु पौडी खेल्न भनि स्थानीय प्रगती कृषि समूहको प्लाष्टिक पोखरीमा पुगेका थिए । साझसम्मपनि उनीहरु नफर्किएपछि खोजी गर्ने क्रममा उनीहरु पोखरीमा मृत भेटिएका हुन् । घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाका बारेमा प्रहरीले सूचना पएलगत्तै हिजै राति घटनास्थल पुगेको थियो । राति अबेर भएका कारण आवस्यक कानूनी प्रकृया भने आज बिहान मात्रै सकेर शबलाई पोष्टमार्टमा लागि जिल्ला अस्पतल धनकुटा पठाउने तयारी भईरहेको तेह्रथुमको छथर गाउँपालिकाका प्रमुख सन्तबिर लिम्बुले जानकरी दिनुभएको छ ।
तेह्रथुम बलबालिका मृत्यु अपडेट ः शब पोष्टमार्टका लागि धनकुटा पठाउने तयारी
सवाल नेपालसंवाददाताआइतबार, २७ मङ्सिर २०७७

तेह्रथुम बलबालिका मृत्यु अपडेट ः शब पोष्टमार्टका लागि धनकुटा पठाउने तयारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



