सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन भन्दै नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गरिरहेको छ ।
देशका प्रमुख शहरहरूमा भइरहेका प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवा मकवानपुर, वरिष्ठ नेता रामचन्द्र काठमाडौं र उपसभापति विमलेन्द्र निधी भक्तपुर पुगेका छन् ।
यस्तै महामन्त्री डा. शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर र अर्का महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय कार्यालयमा बसेर ७७ वटै जिल्लासँग समन्वय गर्नेछन् ।
अर्जुननंसिह केसी पोखरा, प्रकाशमान सिंह जनकपुर, रामशरण महत चितवन, गुरुराज घिमिरे खोटाङ तथा रामहरि खतिवडा इलामको कार्यक्रममा सहभागी हुँदैछन् ।
कांग्रेसले सामाजिक दूरी कायम गरेर प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आग्रह गरेको छ ।
पुल उद्घाटनका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको थियो ।










