प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसले मानवसागर उतारेको छ। वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार आज कांग्रेस कार्यकर्ता सडकमा उत्रेका हुन्। विरोध र्‍याली झापा सुरुङ्गाबाट सुरु हुने भने पनि कार्यकर्ताको भीड एकत्रित हुन नपाई पूर्वपश्चिम राजमार्गको दुर्गापुर-माइखण्ड मानवसागरले भरिएको छ।

करिब पाँच किलोमिटर सडक कांग्रेस कार्यकर्ताले भरिभराउ छ। आवगमन बन्द भएको छ। मध्याह्न १२:३० बजे र्‍याली सुरु हुने भने पनि ११ नबजी कार्यकर्ता सडकमा ओर्लेपछि करिब दुई घन्टादेखि सवारी चल्न सकेका छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वबाट सुरुङ्गा हिँडेका कांग्रेस कार्यकर्ता चारपाने र दुर्गापुरमा रोकिएका छन्। माईपश्चिमबाट आएका कार्यकर्ता माईधारबाटै र्‍यालीमा मिसिएका छन्।

र्‍याली बिर्तामोड लागेको छ। बिर्तामोडको सुगम पेट्रोलपम्पमा आएर विरोध कार्यक्रम सम्पन्न हुनेछ। विरोधसभालाई सम्बोधन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत झापा आएका छन्।