काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । ओलीले बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाउनुभएपनि केही ढिला गरी शुरू भएकाे हाे ।

संवैधानिक परिषदको बैठकमा सभामुख अग्नीप्रसाद सापकाेटा अनुपस्थित भएपछि साँझ पाँच बजेसम्मका लागि बैठक स्थगित छ । परिषदकाे बैठक स्थगित भएसँगै प्रधानमन्त्रीले आकास्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संवैधानिक नियुक्तिका लागि नीतिगत निर्णय लिनका लागि आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको स्रोतको दाबी छ ।