दमक,३० मंसिर । दमकको पुष्प– धिरेन्द्र स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले गत शुक्रवारवाट डिप्लोमा तर्फ तीनवर्षे सिभिल इन्जीनियरिङको पढाइ सुरु गरेको छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत (शंकर ) का अनुसार सिटीइभिटीको सम्बन्धनमा यसवर्ष देखि प्राविधिक विषयतर्फ सिभिल इन्जीनियरिङको पढाइ सुरु गरिएको छ ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयले तीन वर्षे सिभिल इन्जीनियरिङको पठनपाठन शुरु गरेको हो ।उनका अनुसार एसईई परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त र अंग्रेजी विषयमा न्युतम डि प्लसं ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । उक्त विषयमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । दमकमा पहिलोपटक प्रतिष्ठानले सिभिल इन्जीनियरिङको पढाई सञ्चालनमा ल्याएको हो ।