मोरङ, पौष ०१ गते ।

खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना मोरङको बिराटनगर महानगरपालिका-१४ मलाहा रोडबाट मंगलवार दिउँसो पक्राउ परेका छन् । उक्त स्थानमा मनिष यादवले संचालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटाग्याससिलिण्डरबाटअर्कोसिलिण्डरमासारीग्यासकोतौलकमगरीबिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । यादवको पसलबाट प्रहरीले ठुलोग्याससिलिन्डर-११थान,सानोग्याससिलिन्डर -२थान,तौलमेसिन-१थान, रेगुलेटर-२थान र एयरलिंकगर्नेपाईप१थानसमेत बरामद गरेको छ ।यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।