काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेतासँगको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।










