कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल–भारत हवाई उडान आजबाट सुरु भएको छ । भारतले प्रस्ताव गरेको एयर बबल सम्झौतामा नेपालले सहमति जनाएपछि ९ महिनापछि आजबाट काठमाडौं दिल्ली उडान सुरु भएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले आज विहान दिल्ली उडान गरेको छ । एयर इण्डीयाले भने डिसेम्बर २७ बाट मात्रै काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं दिल्ली उडान सुरु भएपनि नेपाल एयरलाईन्सले भारतका अन्य गन्तव्य शहरहरु बैंगलोर र मुम्बईमा भने तत्काल उडान गर्न पाउने छैन । भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत दुईपक्षीय उडान सम्झौता गरिसकेको छ ।

हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाले दैनिक एक-एक वटा उडान गर्नेछन् । यात्रुको चाप हेरेर केही समयपछि उडान संख्या बढाउँदै लाने तयारी गरिएको छ ।