आज साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ ।

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर अध्यादेश फिर्ता नलिई बैठक डाकेकाले नेकपा नेताहरुको आपत्ति भएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । संवैधानिक परिषद् बैठक स्थगित भएपनि ६ बजेका लागि तोकिएको मन्त्रिपरिषद् बैठक भने बस्ने श्रोतले जानकारी दिएको छ ।