बितेको २४ घण्टामा ६ हजार ५८८ जनाको कोरोना परीक्षण हुँदा ७७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ६ जना संक्रमितको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९४७ जना निको समेत भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमित ९ हजार ५८० जना रहँदा १७४९ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोरोना निको हुने दर ९५.५ प्रतिशत रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जना संक्रमत थपिएका छन् ।