सामाजिक कार्य गर्दै आएको पहिलो पाईला दमकले इलामको चुलाचुली गाउँपालिका–३ मा बस्दै आएका भुमिबिहीन एक विपन्न परिवारलाई नगद दश हजार सहित खाद्यान्न सहयोग गरेको छ ।
सो संस्थाले चुलाचुली–३ को सुकुना टोलमा बस्दै आएका हस्त बहादुर राईको परिवारलाई सहयोग गरेको हो । सहयोगका लागि पहिलो पाईलाका अध्यक्ष दिपक खड्का सहितको टोली त्यहा पुगेको थियो । राईको स्वास्थ्य अबस्थामा समस्या आएको र अबस्थापनि कमजोर भएकाले सहयोग गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार राई केहि समयदेखी अस्वस्थ छन् ।
राई दमका रोगी हुन् । सहयोगका लागि पहिलो पाईलाका सचिब मेघनाथ फुयाँलले आफ्नो जन्मदिनको खर्च कटौति गरी ५ हजार उपलब्ध गराएको र थप ५ हजार संस्थाको तर्फबाट उपलब्ध गराईएको पनि अध्यक्ष खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार सो परिवारलाई २५ केजी चामल, एक बोरा भुजा, साबुन, नुन, तेल लगायत सहयोग गरिएको छ ।
अध्यक्ष खड्काले पहिलो पाईला सामाजिक कार्यकै लागि स्थापना भएकोले यस्ता सहयोग निरन्तर जारी रहने बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेश बराल, सचिब मेघनाथ फुयाँल, सह–सचिब राजु निरौला, कोषाध्यक्ष दिवस खतिवडा, संचारकर्मी देशराज नेम्बाङ्ग लगायतको उपस्थिति रहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।










