नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिश असंवैधानिक रहकेो बताएका छन् ।

उनले अधिनायकवादउन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै ‘संविधान विपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’ भनी जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभापति देउवाले उक्त कदमको राजनीतिक प्रतिवादन गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने बनाएका छन् ।

आज एक ट्वीट गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।