राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रतिनिधि सभा विघटन भएको छ । प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै प्रतिनिधि सभा विघटन भएको हो । आज बिहान प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।
श्रोतका अनुसार नेकपा नेता जनार्दन शर्मा अविश्वासको प्रस्ताव ल्याउन सांसद्हरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय जानुभएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभएको थियो ।











