संसद विघटनको विरोधमा चितवनमा नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लामा उनी र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भरतपुरको चौबीसकोठीमा भेला भएका उनीहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

भेलालाई सम्बोधन गर्दै युवा संघका जिल्ला संयोजक मधु न्यौपानेले संसद विघटनसँगै राज्य गम्भीर मोडमा पुगेका कारण बाध्य भएर सडकमा निस्कनुपरेको बताए।

प्रदर्शनमा सहभागीहरुले निरङकुशताकोविरुद्ध एकजुट भएर संघर्ष गर्ने बताएका थिए।