काठमाडौं । सरकारले संसद विघटन गरेपछि विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखेका छन् । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसआनुसार संसद विघटन गरेकी हुन् ।

संसद् विघटनलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङग्यत्मक रुपमा २० बर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमकाे विराेध जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव गर्ने घोषणाराष्ट्रपति भण्डारीद्वारा संसद विघटन, वैशाख १७ र २७ गते चुनाव गर्ने घोषणा

उक्त भिडियो शेयर गर्दै उनले भने - 'कति हेर्नू नाटक देखाउने यिनै हुन् , कता के को व्याख्या गराउने यिनै हुन् । विषालु मिठा भ्रम अनि फेरि ल्याई, तपाईं हाम्रो टाउको चपाउने यिनै हुन् !'

त्यस्तै, अर्का हास्यकलाकार दिपकराज गिरीले पनि सरकारले गरेको संसद विघटनको निर्णयलाई लिएर '५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ दुइ तिहाइ पनि दुइ तुहाइ भो..' भनेका छन् ।

संसद् विघटनपछि के हुन्छ ? संसद् विघटनपछि के हुन्छ ?

यसैगरी अर्का हास्यकलाकार जितु नेपाल (मुन्द्रे)ले सामाजिक सञ्जलामा लेखे - 'मन थिएन यस्तो लेख्नलाई।भोट माग्दा जनतालाई, बहुमतको स्थाई सरकार....भन्थे भन्नलाई।'

त्यस्तै हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा)ले पनि 'संसद बिघटन घुर्कि मात्र होकि ?' भनि प्रश्न गरेका छन् ।