काठमाडौं, ६ पुस । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा हालसम्म आठ वटा रिट पेश भएका छन् । सर्वोच्चमा आइतबार तीन वटा र सोमबार दिउँसोसम्म थप पाँच वटा गरी आठ रिट पेश भएको हो ।

आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । सोमबार पनि रिट पेश गर्नेक्रम जारी रहेको बताइएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसविरुद्ध अदालतमा यति ठूलो संख्यामा रिट परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै संविधानविद्हरुले असंवैधानिक कदम बताएका छन् । उनीहरुले ओलीको यो निर्णयलाई संविधानमाथि ‘कू’ को संज्ञा दिएका छन् । रातो पाटि बाट