काठमाडौं । भारतबाट भन्सार छलेर नेपाल ल्याएको सामान सुनसरी प्रहरीले बरामद गरेको छ । करिब ६ लाख मुल्य बराबरको खाद्यान्न–कपडा र युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रदेश–१–०२–००२च ४३४९ नम्बरको टाटा पिकअपमा भारतबाट नेपाल तर्फ ल्याएको सामान बरामद गरेर प्रहरीले सेतुबन्ध भन्सार कार्यालयमा पठाएको छ ।

त्यस्तै, सुनसरी प्रहरीले लागु औषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका घर भएका सुरज राम र भोक्राहा नरसिंह गाउँपालिका घर भएका महेन्द्र यादव छन् । उनीहरुको साथबाट २१ बोतल डाईलेक्स डिसी र १ सय ८० ट्याब्लेट नाईट्रोसन–१० बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।