दाङ । टिकटक भिडियो बनाउँदा झोलुंगे पुलबाट खसेर तुलसीपुरका युवकको मृत्यु भएको छ ।

तुलसीपुर- १९ बिजौरीका २४ वर्षीय रमेश थापाको बबई नदीको झोलुंगे पुलबाट खसेर मृत्यु भएको हो । आइतबार पुलबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोमबार मृत्यु भएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिकनिक मनाउन पुरन्धारा झरना पुगेका थापा साथीसँग रमाइलो गर्दै टिकटक बनाउन पुलको लहरामा झुन्डिएका थिए । त्यसैक्रममा पुलबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरीका कार्यालय तुलसीपुरले जनाएको छ ।