काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने र कसैमाथि कारवाही पनि नगर्ने बताएका छन् ।
मंगलबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।
तर पार्टी विभाजनको सम्भावनालाई उनले अस्वीकार गरेनन् । बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरे ।
उनले जीवन शर्माको गीत गुनगुनाउँदै गर्दै भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन.. ।










