काठमाडौंको नागढुंगादेखि धादिङकाे सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको १४ महिनापछि सुरुङ खन्ने काम सुरु भएको हो ।

सन् २०२२ को अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी सुरु भएको हो ।

शिलान्यास भएको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङकाे सिस्नेखोला जोड्ने सुरुङमार्ग खन्ने कार्य मंगलबारदेखि सुरु भएको छ ।

२.६८ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग सन् २०२२ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भए पनि मुआब्जा विवाद, विस्फाेटक पदार्थको आयातमा भएको ढिलाइ र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाइका कारण १४ महिना ढिलो गरी निर्माण कार्य सुरु भएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

यो आयोजना जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब लगानी गरी झन्डै २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ ।

आयोजनास्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँचमार्ग, खोलामा कल्भर्ट बनाउने कार्य पूरा भइसकेको छ ।

तोकिएको समयभन्दा केही ढिलो गरी काम सुरु भए पनि समयमै निर्माण कार्य सम्पन्न हुने पनि थापाले बताए ।

जापानको हाज्मा एन्दो कर्पोरेसनले निर्माण कार्यको जिम्मा लिएको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट सुरुङ खन्ने काम हुनेछ ।

आयोजनाका अनुसार सुरुङमार्गको कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाइ रहेका दुई लेन हुनेछन् ।

यस्तै अत्यावश्यक रेस्क्युका लागि समेत छुट्टै एक्सिस रोड पनि निर्माण हुनेछ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न ०६९ साल माघदेखि ०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो ।

सोही सर्वेक्षणको आधारमा सुरुङमार्ग निर्माण कार्य सुरु भएको छ ।

सन् २०२२ को अन्त्यसम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भए पनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाइ भएपछि सन् २०२३ को मध्यसम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah