काठमाडौंः चर्को आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई विशेष अभियान नै बनाएर ट्राफिक प्रहरीले कारबाही गरेको छ। एक महिनाको अवधिमा प्रहरीले चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारवाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनी प्रदूषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको प्रहरीले जानकारी दिएको छ ।

गलत तरिकाले सवारी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ। यस्ता किसिमका मोटरसाइकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन महाशाखाले सबैमा विशेष अनुरोध समेत गरेको छ।