काठमाडौं, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा पाँचजना पूर्व माओवादी नेताहरु छन् । उनीहरुमध्ये तीनजना स्थायी कमिटीमा पनि छन् ।

मन्त्री नियुक्त हुनेहरुमा टोपबहादु रायमाझी ऊर्जा, मणि थापा पर्यटन र प्रभु साह शिक्षामन्त्री छन् । उनीहरु सबै विगतमा प्रचण्ड पक्षीय हुन् । रायमाझी र थापाले दुई दिन अघि नै कित्ता परिवर्तन गरिसकेका छन् । प्रभु साह भने आजै ओली पक्षमा गएका हुन् । यसैगरी, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयमा गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामा रामबहादुर थापा बादल निकट हुन् । चौधरी विगतमा प्रचण्डनिकट थिए ।

मन्त्री बन्नेको सुची

टोपबहादुर रायमाझी-उपप्रधानमन्त्री तथा ऊर्जा

मणि थापा,-पर्यटन

प्रभु साह- श्रम

दावा लामा- शिक्षा

गौरीशंकर चौधरी- खानेपानी

रिपोटर्स नेपाल बाट साभार गरिएको