इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीका सुरेन्द्र राज दाहालले सोहि गाउँपालिकाका एक सय घर परिवारलाई फाईबर सिरक वितरण गर्नु भएको छ । गाउँपालिकाका अति विपन्न परिवार छनौट गरी एक सय जनालाई सिरक वितरण गरिएको दाहालले बताउनु भयो ।
समाजसेवी दाहालले आफ्नै खर्चमा सिरक वितरण गरेको भन्दै सिरक वितरण कार्यक्रममा पुर्व गाविस अध्यक्ष ओम नारायण खनालले दाहालका कारण जाडोमा कष्टकर जीवन विताइरहेकाहरुलाई राहत मिलेको बताउनु भयो । त्यस्तै वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष विन्दु दाहालले व्यक्तिगत खर्चबाट गाउँपालिकाका एक सय जनालाई सिरक वितरण गरेर विपन्न परिवारका लागि सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
त्यस्तै समाजसेवी डम्बर बहादुर लिम्बुले आफ्नो कमाईबाट घर खर्च गरेर केही बचत गरेको रकमबाट गरिब तथा विपन्न परिवारलाई सिरक उपलब्ध गराएकोमा दाहालको प्रशंसा गर्दै सधै यसरी नै अरुलाई दिएर खान पुगोस भन्दै समाजसेवा उत्तम कार्य भएको चर्चा गर्नुभयो ।
त्यस्तै शिक्षक उद्धब ओझाले दाहालको यस कार्यबाट अरुले पाठ सिक्नु पर्ने धारणा राख्नु भयो । दाहालले कोरोना संक्रमणका कारण भएको लकडाउनमा पनि अति विपन्न परिवारलाई ७० बोरा चामल समेत वितरण गर्नु भएको थियो । सिरक वितरण कार्यक्रममा बोल्दै दाहालले चुलाचुली गाउँपालिका तथा मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिकामा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।



