पुर्व राजा ज्ञानेन्द्र शाह झापाको दमक आउनु भएको छ । उहाँ दमक स्थित आफ्नै दरबारमा बस्नु भएको छ । पुर्व राजा आज साँझ ७ बजेर ९ मिनेटमा हिमालय महालक्षी चिया बगान भित्रको दरबारमा प्रबेश गर्नु भएको थियो ।
पुर्व राजाले दरबारमा बस्दा राजावादीहरुसँग भेट गर्ने कार्यक्रम रहेको श्रोतले बतायो । पुर्व राजा दरवार भित्र छिर्दा शिव सेना तथा शाही शक्ति नेपालका समर्थकहरुले चाँहियो चाँहियो राजा चाँहियो भन्दै नारा लगाएका थिए ।
राजा एक महिना लामो बसाईका लागि झापा आएको श्रोतको दाबी छ । झापा बसाईकै क्रममा पुर्व राजा तथा उहाँका परिवारले धार्मिक स्थलहरुको पनि भ्रमण गर्ने कार्यतालिका समेत रहेको श्रोतले बतायो ।



