त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्रोत नखुलेको सुन र नगदसहित दुई युवक पक्राउ परेका छन् । नुवाकोट शिवपुरीका प्रह्लाद थापा र धादिङ मैदीका अर्जुनप्रसाद थपलियालाई प्रहरीले पक्राउ गरेको हो ।

थापासँग ५० ग्राम सुन र चार लाख ३७ हजार नगद तथा थपलियासँग ५० ग्राम सुन र चार लाख ४० हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । विदेशबाट आउने युवालाई प्रयोग गरी उनीहरूले सुन तस्करी गरेको प्रहरी अनुमान छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवैजनामाथि थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन बुझाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बताए ।